RUMPUM
animated ellipse animated ellipse

क्यान्सर डे को पूर्वसन्ध्यामा दौड प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७५, शनिबार १८:४१
3
Shares

विराटनगर/ विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ ले आज विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता आयोजना गरेका छन् ।

विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआइसी एशिया रन फर हेल्थ नाम दिइएको दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजको सहभागिता थियो । क्यान्सर डे को पूर्वसन्ध्यामा क्यान्सर रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतनामूलक कार्यक्रम गरिएको कार्यक्रम संयोजक विकास बेगबानीले बताए । ५ किलोमिटरको सो प्रतियोगितात्मक दौडमा १ हजार युवायुवती सहभागि भएका छन् ।

संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दौडका सहभागिलाई झण्डा देखाएर प्रतियोगिताको उद्घाटन गरेका थिए भने कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा समेत अतिथिको रुपमा सहभागी भएका थिए । प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम भएका छन । यस्तै मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका छन ।

प्रतियोेगितामा छात्रातर्फको प्रतिस्पर्धा अर्किड कलेजीकी ज्योति त्रितालले जितेकी छिन । छात्रातर्फ सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी छिन । विजयी हुनेहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ र भ्याकुम क्लिनर प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर