पूर्वाञ्चल खबर
विराटनगर / यूएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेटमा यूएईविरुद्धको दोस्रो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । यो जितसँगै ३ खेलको सिरिजमा १–१ को बराबरी रहेको छ । सिरिजको अन्तिम खेल आइतबार हुने छ ।
यूएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले १९ दशमलव ३ बलमा ६ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गरेको छ । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले ४१ ब्लमा ४७ रनमा अविजित रहेका थिए । दिपेन्द्रले १ छक्का र ४ चौका प्रहार गरेका थिए । करण केसीले २० रन र पवन सराफले १८ को योगदान दिएका थिए । एक समयमा १० ओभर १ बलमा नेपाल ४६ रनमा ५ विकेट गुमाएर दयनिय स्थिीती रहेको वेलामा दिपेन्द्रसिंह ऐरी र पवन सराफले छटौ विकेटकालागि ४८ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । यूएइईका सुल्तान अहमदले २ विकेट तथा मोहमद नाभेद, आमिर हायात इम्रान हैदर र जाहूर खाननले समान १ विकेट लिए
यस अघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सइ ७ रन अलआउट भएपछि नेपालले १ सय ८ रनको समान्य चुनौती पाएको हो । यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । उनले ४३ बलमा १ छक्का र ४ चौका प्रशार गर्दै ४४ रन बनाएका हुन् । त्यस्तै साइमन अनवरले १४ रन बनाउँदा महमद बुट्टाले ११ रन बाहेक अन्य खेलाडिहरुले उल्लेखनिय पर्दशन रहेनन् ।
नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै ३ विकेट दिए । उनले ४ ओभर बलिङ गर्दै २० रन दिएका छन् ।त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले २ विकेट लिए ।