पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–१० मा रहेको कान्तीपुर सेकेण्डरी बोर्डिङ स्कूलले फुड फिष्टा कार्यक्रमको आयोजना गरेकोे छ ।
स्कूलले आज शुक्रबार स्कूल प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी फुड फिष्टा कार्यक्रमको शुरु गरेको हो । फुड फिष्टामा स्कूलमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० सम्मका २ सय ७५ जना विद्याथीहरु सहभागि रहेको स्कूलका भाइस प्रिन्सिपल देवीलाल महतोले जानकारी दिए । विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र भएर व्यवहारीक शिक्षा,समाजिक उत्तर दायित्व र आर्थीक उन्नतीको ज्ञान दिनलाई फुड फिस्टाको आयोजना गरेको भाइस प्रिन्सिपल महतोले बताए ।
स्कूलमा पढाइका साथै अतिरिक्त कार्यक्रम सधै अगाडि रहेको स्कूलका सञ्चालक शंकर पाप्mलले यस्ता किसिमको कार्यक्रमले विद्यार्थीमा सिप मुलक सिक्ने उजागर बढ्नलाईृ मद्दत गर्ने बताए । फुड फिस्टाका विद्यार्थीहरुले चप, पकौडा, पानीपुरी, जेरी, सेल राटी,मोमो र पाउभाजीलगायतका सामाग्रीहरु बनाएका थिए । फुड फिस्टामा राखिएको सामाग्रीबाट नाफा कमाएको केही रकम विराटनगरमा रहेको विराटेश्वर आश्रमलाई सहयोग गर्ने स्कूलले जनाएको छ ।