RUMPUM
animated ellipse animated ellipse

लागूऔषध सहित ३ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७५, बुधबार २०:१०
3
Shares

विराटनगर / १ नम्बर प्रदेशको उदयपुर र मोरङ जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कडाइ गर्न थालेपछि लागूऔषधको करोबार गर्ने र प्रयोगकर्ताहरूले लागूऔषध मलद्धारमा लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको लागूऔषधसहित दुई जना यूवालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी विराटनगर र लागूऔषध व्यूरो टोलीले चेकजाँच गर्ने क्रममा धरान उपमहानगरपालिका– १० का २२ वर्षिय रेजी शेर्पा र सोही ठाउँका २७ वर्षिय सुवास प्रधानलाई लागूऔषधसहित पक्राउ परेका हुन् । ‘प्रहरीले प्रायजस्तो दिन विराउँदै लागूऔषध भित्राउने पक्राउ गर्दै आएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘मंगलबार पक्राउ परेका व्यक्तिले नयाँ तरिका अपनाएको देखियो । उनले शौच गरेपछि लागूऔषध बाहिर निकालेको थियो ।’

प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा उनीहरूलाई विराटनगर – १५ बाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई शौच गराएर डाईजेल्याव ५ एम्पुल, लुपिजेसिक ११ एम्पुल, एभिल १३ एम्पुल गरी जम्मा २९ एम्पुल निकालिएको छ । पक्राउ परेका प्रधान र शेर्पाले जोगवनीमा लागूऔषध खाएपछि विक्री गर्न प्रहरीको आँखा झुक्याउन मलद्धारमा राखेर लागूऔषध ल्याउने गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।

‘मलद्धारमा राख्न पहिले तेल र मलम हाल्ने र त्यसपछि लागूऔष मलद्धारमा हाल्ने गरेको प्रराम्भिक अनुसन्धानबाट खुल्यो,’ डिएसपी श्रेष्ठले भने, ‘तेल र मलम लगाएपछि मलद्धारमा लागूऔषध हाल्ने गर्दो रहेछन् ।’ मलद्धारमा राखेर ल्याएको लागूऔषध आफै निस्किैदन कि त शौच गर्नुपर्छ नत्र शौच आउने औषधी सेवन गरे मात्र त्यो बाहिर आउने गरेकोे छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगा नगरपालिका–१३ खैजनपुरबाट प्रहरीले बुधवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सोही नगरपालिकाका २० वर्षिय कबिराज ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ढकालले लागूऔषध सेवन गरिरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध डाईजेल्याव ४ एम्पुल, प्रयोग गरिसकेको १ एम्पुल र सिरिन्जमा भरेर राखेको २ एम्पुल फेला पारी बरामद गरेको हो । पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर