RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलमा क्याप्टेनको सपथ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७५, मंगलवार २०:१६
3
Shares
विराटनगर / विराटनगर – २ मा रहेको बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७६ का लागी कक्षा – ९ का विद्यार्थीहरुबाट स्कूल क्याप्टेन र हाउस क्याप्टेनको चयन भएको छ ।

छनौट भएका विद्यार्थीहरुलाई आ–आफ्नो हाउसका शिक्षकहरुले सम्वन्धित हाउसको ब्यानर तथा पूर्व हाउस क्याप्टेनहरुले झण्डा प्रदान गरेका थिए । स्कूलका प्राचार्य मणीराज भट्टराईले छनौट भएका क्याप्टेनहरुलाई खादा ओडाएर सम्मान गर्दै ब्याज तथा पोशाक वितरण गरी सपथ ग्रहण गराए ।

प्राचार्य भट्टराईले सपथ ग्रहण गराउने व्रmममा छनौट भएका क्याप्टेन विद्यार्थीहरुले विद्यालयलाई उचाइमा पु¥याउन आफुहरु मिलेर मान्यजनको साथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए । कार्यव्रmमको उद्धोषण स्कुलका सञ्चालक एवं आइसीसी प्यानल अम्पायर बुद्वीबहादुर प्रधानले गरेका थिए ।

छनौट भएका स्कूल क्याप्टेनमा सुसान्त ढकाल र श्रुती श्रेष्ठ , रेड हाउस क्याप्टेन सुभाष कर्ण र अनुष्का पौडेल, रेड हाउस शिक्षकमा अजय राजवंशी र अमित गिरी, ग्रिन हाउस क्याप्टेन आयुश देउजा र ग्रिष्मा पोखरेल ग्रिन हाउस शिक्षकमा अर्जुन चौहान र विनोद चौधरी, येल्लो हाउस क्याप्टेन आसिस लामा र सपाना चौधरी, येल्लो हाउस शिक्षकमा गणेश गौतम र सन्देश सुबेदी र बुल्लु हाउस क्याप्टेन यस गोल्छा र प्रितिका गुरुङ्ग तथा बुल्लु हाउस शिक्षकमा राजेश्वर राजवंशी र बालकृष्ण भट्टराई चयन भएको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर