AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरपालिकावाट कार्वाहीको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७५, मंगलवार २१:०१
3
Shares

विराटनगर / विराटनगर महानगरपालिकाले आज एक बिज्ञप्ती प्रकाशित गरी अदालत परिसरमा जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने माथि कडा कारवाहीको माग गरेको छ ।

काम बिशेषले मोरङ जिल्ला अदालतमा गएकी विराटनगरमहानगरपालिका वडा नं. १२ की वडा सदस्य झुमा पाठक माथि आक्रमण भएको थियो । घटना विवराण अनुसार सोमवार कामको शिलशिलामा मोरङ जिल्ला अदालत पुगेकी पाठक माथि विराटनगर १२ का पर्शुराम सुवेदी र सृष्ट्रिना ढकालले आक्रमण गरेका थिए । आक्रमणका कारण उनको टाउकोको देव्रे भाग सुनिएको छ भने दात र छातीमा गम्भीर चोट लागेको छ ।

महानगरका प्रमुख भीम पराजुलीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा,“ अदालत जस्तो सम्मानीत स्थानमा एउटी महिला त्यसमा पनि जनप्रतिनिधि माथि कुटपिट हुनु गम्भीर बिषय भएको भन्दै दोषीहरुलाई छानविन गरि कडा भन्दा कडा कारवाहीको माग गर्दछौं,” भनिएको छ ।

त्यसैगरि विराटनगर महानगरपालिका वडा नं. १२ का तर्फवाट वडा अध्यक्ष हिरालाल कामतले पनि एक बिज्ञप्ती जारी गर्दै वडा सदस्य पाठक माथि गालि गलौजका साथ सांघातिक आक्रमण गर्नै सुवेदी र ढकाललाई कडा कारवाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर