RUMPUM
animated ellipse animated ellipse

सिंगीया खोलको ढिलमा शव भेटियो, बलत्कारपछि हत्या गरिएको आशंका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०७५, आईतवार १९:३९
3
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगर महानगरपालिका – ८ बलवाइकी एक बालिकाको शव मृत अवस्थामा फेला परेको छ । शनिबार राति साढे ८ बजे टिभी हेर्न भनेर गएकी १० वर्षिय गुडिया भनिने रुपमति दासको सिंघिया खोलाको डिलमा आज मृत अवस्थामा भेटिएकी हुन् ।

स्थानियले मृत अवस्थामा एक बालिकाको शव भेटिएको खबर गरेपछि मोरङ प्रहरीले तत्काल प्रहरी पचिलान गरेको थियो । डिएसपी कृष्णप्रसाद खड्का नेतृत्वमा टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार उनले लगाएका चप्पल घर नजिकैको चौरमा भेटिएका छ । उनले लगाएको कपडा भने भेटिएको छैन ।

स्थानियले रुपमतिको बलत्कारपछि हत्या गरिएको आशंका गरेको छ । नग्ग अवस्थामा शव फेला पर्नु र मुखमा चोट लागेको हुनाले हत्या नै गरेको आशंका गरेका हुन् । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अहिले अनुसन्धान भइरहेकाले बताए । ‘हामीले अनुसन्धा गर्दै आएका छौं,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो प्रमाण फेला नपरेको केही भन्न सकिने अवस्था छैन ।’ बालिकाको शव पोष्मार्टको लागि धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिान पठाएको छ ।

रामप्रसाद र मनीदेवीको दुई छोरी मध्धेकी कान्छी छोरी हु्न् रुपमति । उनी स्थानिय नारायणी स्कूलमा कक्षा १ मा अध्ययरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर