RUMPUM
animated ellipse animated ellipse

लागूऔषध खैरो हेरोईन सहित यूवक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७५, शनिबार १८:५०
3
Shares

झापा / झापाको मेचीनगर नगरपालिका ६ भन्सार कार्यालय गेट अगाडीबाट प्रहरीले लगूऔषध सहित १ यूवकलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २ ग्राम लागूऔषध खैरो हेरोईन सहित मेचीनगर नगरपालिका १० का २१ वर्षिय छोटु सहनीलाई पक्राउ गरेको हो । आज दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

बरामद लागूऔषध सहित सहनीलाई इलाका प्रहरी कार्यालय काँकड्भिट्टामा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर