पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ कोशी र लर्डबुद्ध तथा फुटबलतर्फ अर्किड, सेन्टजोसेफ, ग्रिनल्याण्ड र कोशी, छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आज भएको क्रिकेटको पहिलो खेलमा काशी कलेजले श्रृर्जनाज्ञान कुञ्ज स्कूललाई ६१ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ को क्षतिमा १ सय ३३ रन बनाएको थियो । जसमा अमित मण्डलले ३८ रन , कालीचरण यादवले २८ रन, सिद्धान्त साहले १९ रन र पियुष श्रेष्ठले १० रन बनाए । श्रृर्जनाका विकेश खड्काले २ विकेट लिए ।
जवाफमा १ सय ३४ रनको विजयी लक्ष्य पाएको श्रृर्जनाले १६ ओभर ५ बलमा सवै विकेटको क्षतिमा ७३ रनमै समेटियो । जसमा प्रल्हाद यादवले २४ रन बनाए । कोशीका म्यान अफ द म्याच सुभाष यादवले ४ विकेट , कालीचरण यादव २ विकेट विकेट लिए ।
दोस्रो खेलमा लर्डबुद्ध कलेजले वाक ओभरका आधारमा विजयी भयो । सेन्टजोसेफ स्कूल खेल्न नआएपछि लर्डबुद्ध विजयी भएको हो ।
त्यसैगरी छात्रा भलिबलतर्फ पथरीको एभरेष्ट कलेजले पथरीकै बाल्मिकी कलेजलाई २६–२४ र २५–१७ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा मोर्डनएरा स्कूलले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–११ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा कान्तिपुरले कलेज विजयी भयो । सिटी कलेज खेल्न नआएपछि कान्तिपुरले वाक ओभरका आधारमा विजयी भएको हो । चौथो खेल लर्डबुद्ध कलेजले मेरिल्याण्ड कलेजलाई २५–१३, १६–२५ र २५–१२ को स्कोरमा विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै फुटबलको पहिलो खेलमा अर्किड कलेजले कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्किडका म्यान अफ द म्याच यम मगरले १ गोल गरेका थिए । दोस्रो खेलमा सेन्टजोसेफ स्कुलले अरनिको कलेजलाई २–० गोल पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सेन्टजोसेफका म्यान अफ द म्याच नवीन कामतले २ गोल गरे । तेस्रो खेलमा कोशी कलेजले मेरिल्याण्ड कलेजलाई टाइब्रेकरमा ३–२ गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको म्यान अफ द म्याच कोशीका गोलरक्षक नितेशकुमार कामत भए । चौथो खेलमा ग्रिनल्याण्ड कलेजले बुद्ध अंग्रेजी बोर्डिङ स्कुललाई ५–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको क्रिकेको पहिलो खेल एभरेष्ट र शिक्षादीप र दोस्रो खेल भानु र अरनिकोबीच हुनेछ । छात्रा भलिबलतर्पm रेडस्टार र एभरेष्ट, दोस्रो खेल अरनिको र मोर्डनएरा, तेस्रो खेल कान्तिपुर र कोसी तथा चौथो खेल लर्डबुद्ध र शिक्षादीपबीच हुनेछ । फुटबलको पहिलो खेल भानु र सेन्टजोसेफ, दोस्रो खेल मोर्डनएरा र एभरेष्ट तथा तेस्रो खेल रेडस्टार र सिटी कलेजबीच हुनेछ ।