पूर्वाञ्चल खबर
सुनसरी / उच्च माबिले उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत आज सम्पन्न छलिबलको छात्र तर्फको उपाधी एम्स एकेडेमी धरानले जितेको छ ।
फाइनलमा पूर्वाञ्चल एकेडेमी तरहरालाइ ३–० को सोझो सेटले पराजित गर्दै उपाधी जितेको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एम्स एकेडेमीका रिजन बिष्ट, बेस्ट लिफ्टर एम्सकै भिसाम राइ र बेस्ट स्पाइकर एम्सका अनदिप राइ घोषित भए । यस्तै पूर्वाञ्चल एकेडेमीका अभिषेक राइ बेस्ट सर्भर र मानव कार्की बेस्ट ब्लकर घोषित भए ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ माघ १२ गते शनिबार समापनको अवशरमा टफी प्रदान गरिने हिसान सुनसरीका सचिव पेशल पोखरेलले जानकारी दिनुभयो । समापनको दिन धरानस्थित नेशनल कलेजमा गरिने समापनमा झ्याउरे भाकामा नृत्य प्रतियोगिता सञ्चालन गरिने पोखरेलले जानकारी दिए । सोही अवशरमा शिक्षा पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमद्धारा सुनसरीमा क्रियाशील सक्रिय एक जना पत्रकारलाइ सम्मान समेत गरिने बताइएको छ ।
स्पोर्टस मिटमा सुनसरीका हिसानमा आबद्ध ३३ बिद्यालयले भाग लिएका छन । जसमा १ हजार भन्दा बढी बिद्यार्थीले प्रत्यक्ष रुपमा सहभागिता जनाउदा ६ हजारभन्दा बढी बिद्यार्थी अप्रत्यक्ष रुपमा सहभागी भएको प्रतियोगता संयोजक सागर भटराइले जानकारी दिए ।
कोशी सेन्टजेम्स र एम्स एकेडेमीलाइ भलिबलको उपाधी
कोशी सेन्टजेम्स उच्च माबिले उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधी जितेको छ ।
बुधबार सम्पन्न फाइनलमा कस्तुरी उच्च माबिलाइ २–१ बेस्टअफ थ्री को आधारमा खेलाइएको खेलमा पहिलो सेट कोशीले जित्दा दोसो्र सेट कस्तुरीले जितेको थियो । अन्तिम तथा निर्णायक सेटमा कोशीले जित निकाल्दै २–१ को सेटले पराजित गर्दै कोशीले उपाधी हात पारेको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी सेन्टजेम्सकी अनिसा राइ, बेष्ट लिफ्टर कोशीकै दिपा बिष्ट, बेस्ट सर्भर कस्तुरी उच्च माबिकी मनिषा कटुवाल र बेस्ट स्पाइकर कस्तुरीकै सुष्टी बिष्ट घोषित भए ।