पूर्वाञ्चल खबर
बेलबारी । निजि तथा आवासीय बिद्यालय संगठन (प्याव्सन) मोरङले आज बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा दशौं प्याब्सन स्पोर्टस् मिट सुरु गरेको छ ।
जिल्ला भरका ८४ वटा निजी विद्यालयहरु सामेल रहेको उक्त स्पोर्टस् मिटमा १ हजार ५ सय भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका छन् । खेल तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आज पहिलो चरणका खेलहरुमा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटरका दौडहरु हुनुका साथै लङ जम्प, ज्याब्लीङ थ्रो, भलिवललगायतका प्रतियोगिताहरु भएका थिए ।
ज्याभ्लिङ थ्रो खेलको छात्रा तर्फ ब्राइट फ्युचर स्कुलकी वर्षा माझि प्रथम भइन् त्यसैगरी लङ जम्प छात्र तर्फ भृकुटी मोडल एकेडेमिका योगेस यादव र छात्रा तर्फ बाल सदन एकेडेमिकी अमिशा चौधरी प्रथम भईन । प्रतियोगीताको प्रथम दोस्रो र तेस्रो बिजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीका एक नम्वर प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ्ले पानसमा बत्ति बालेर प्याब्सन स्पोर्टस् मिटको उद्घाटन गरेका थिए । प्रदेश सभा सदस्य राजकुमार ओझा, प्याब्सन केन्द्रीय सदस्य दिकाराम पुरी, प्याब्सन प्रदेश अध्यक्ष नारायण घिमिरे लगायतले बोलेका थिए । प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।