AArya
RUMPUM
animated ellipse animated ellipse

मिस प्रदेश नं. १’ प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७५, मंगलवार १३:०२
3
Shares

विराटनगर / जय मिडिया म्यानिजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ प्रतियोगिता आयोजना गर्ने भएको छ । एक पछि अर्को गर्दै मनोरञ्जनात्मक विभिन्न इभेन्टहरु गर्दै आएको जय मिडिया म्यानिजमेन्टले देश संघिय संघरचनामा गएसँगै पहिलो पटक मिस प्रदेश गर्न लागेको हो ।

माघको दोस्रो साताबाट मिस प्रदेशको अडिसन आरम्भ हुने यो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जय मिडिया म्यानिजमेन्ट प्रालिका कार्यकारी निर्देशक निशा खतिवडाले जानकारी दिइन् । ‘मिस प्रदेशको तयारी पुरा भएको छ,’ निशाले भनिन्, ‘माघको दोस्रो साता अडिसन सुरु हुनेछ । पहिलो अडिसन विराटनगरमा हुनेछ ।’ त्यसपछि दोस्रो साता १ नम्बर प्रदेशको विभिन्न जिल्लाहरुमा हुनेछ । किशोरीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्नुको साथी उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले मिस प्रदेश प्रतियोगिता आयोजना गर्न लागेको उनले बताइन् ।

फागुनको दोस्रो साता हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट २५ जना किशोरीलाई छनौट गरिनेछ । जसमा उत्कृष्ट हुने प्रतियोगिलाई फाइनलमा पुग्नेछन् । ‘अडिसनको लागि आवेदन खुल्ला गरिएको छ,’ निशाले भनिन्, ‘इच्छुकले यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर