पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–१० मा रहेको अरनिको माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सम्पन्न भएको छ ।
पुष २९ गते देखि सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु खेलाएको स्कूलका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । उक्त स्पोर्ट्स एथलेटिक्स्का खेलहरु फुटबल, क्रिकेट, ब्याडमिन्टन, बास्केटबल टेवलटेनिस र मनोरञ्जनात्मक खेलहरुलगायतको खेलहरु समावेश गरिएको स्कूलका प्रिन्सिपल कार्कीले बताए ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल कार्कीको भनाई छ । उनले भने, ‘यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएको स्कूलले जनाएको छ ।
विद्यालयमा रहेका रातो, हरियो, बैजनी र निलो सदन मध्ये निलो सदन २१ स्वर्ण, १८ रजत र ९ कास्य पदक सहित विजयी सदन बन्न सफल भएको थियो । यसैगरी बैजनी सदन २० स्वर्ण, १६ रजत र १२ कास्य पदक सहित दोस्रो, हरियो सदन १४ स्वर्ण, २० रजत र १५ कास्य पदक सहित तेस्रो र रातो सदन १३ स्वर्ण, १४ रजत र १४ कास्य पदक सहित चौथो बन्न सफल भएको थियो ।
विजयी खेलाडिहरुलाई विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की तथा अन्य संस्थापक सदस्यहरूले विजेताहरुलाई मेडल, प्रमाणपत्र तथा शिल्ड वितरण गरे ।