RUMPUM
animated ellipse animated ellipse

जनसेवा स्कूलले स्वर्ण महोत्सव मनाउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०७५, आईतवार २०:३७
3
Shares
विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलामो रहेको जनसेवा माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ ।

स्कूलले आज पत्रकार सम्मेलन गरि विविद्य कार्यक्रमको साथ स्कूल ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको हो ।

२०२५ माघ १९ गते स्थापना भएको स्कूल ५० औं वर्षमा प्रवेश गरेकोले स्वर्ण महोत्सवको रुपमा भव्य र सभ्य रुपमा मनाउने तयारी गरिएको समारोह समितिको संयोजक अम्बिका अर्यालले बताए । स्कूलले माघ १० गतेदेखि २५ गतेसम्म विविद्य कार्यक्रम गर्ने भएको छ । १० देखि १८ गतेसम्म अन्तर माध्यामिक विद्यालय फुटबल, वडा स्तरीय खुल्ला भलिबल, गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता, आधारभूत तह पालिका स्तरीय नृत्य प्रतियोगिता, दौड र आई क्यू प्रतियोगिता आयोजना गरिने विद्यालयका प्रधानध्यापक दामोदर सिग्देलले जानकारी दिए ।

स्कूलले संस्थापक संचालक समितिका, संस्थापक विद्यार्थीदेखि पूर्व प्रधानध्यापक, शिक्षक र कर्मचारीहरूलाई समेत सम्मा नगर्ने भएको छ । स्कूलले स्मारिका समेत बनाउने भएको छ । नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने यो स्कूलमा प्रत्येक घण्टीमा २९ वटा कक्षाहरू सञ्चालनभ इरहेको प्रधानध्यापक सिग्देलले बताए । ५ विघा ६ कठा क्षेत्रफल रहेको सो विद्यालयमा एसएलसी÷ एइइ उत्तीर्ण गर्ने विद्याथीको संख्या ५ हजार ४ जना र कक्षा १२ उत्तिण गर्ने ९ सय विद्यार्थी रहेको स्कूलले जनाएको छ । हालसम्मकक्षा १२ सम्म १ हजार २ सय ६८ जनाविद्यार्थी अध्ययरत छन् । स्कूलमा नर्सरीदेखि कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको छ । सो स्कूलमा कृषि–बाली विज्ञानसमेत पठाइ हुँदै आएको छ ।

स्वर्ण महोत्सव समापन गर्न १२ देखि १५ लाख रुपैयाँ खर्च हुने स्कूलले अनुमान गरेको छ । स्वर्ण महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । महोत्सव भव्य रुपमा समापन गर्न स्कूलका शिक्षक खेम पौडेलको संयोजका विभिन्न समितिहरू समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर