RUMPUM
animated ellipse animated ellipse

आइतबार देखि शूरु हुने हिसान स्पोर्टस मिटमा सुनसरीका ६ हजारबढी बिद्यार्थी सहभागी हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७५, शनिबार २१:०२
3
Shares

सुनसरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष सञ्चालन गर्दै आएको स्पोर्टस मिट यो बर्ष माघ ६ गते देखि १२ गतेसम्म गर्ने भएको छ । आज इटहरीमा पत्रकार सम्मेलन गरी हिसान सुनसरीले यसबारे जानकारी गराएको हो ।

विगत सात बर्षदेखि निरन्तर आयोजना गरिदै आएको स्पोर्टस मिटमा फूटबल, भलिबल, क्रिकेट, बास्केटबलका खेलहरु समावेश गरिएको कार्यक्रम संयोजक एवंम हिसान सुनसरीका सदस्य सागर भटराइले जानकारी दिए । यस्तै हाजिरी जवाफ र नृत्य प्रतियोगिता समेत आयोजना गरिने बताइएको छ ।

समावेश गरिएका प्रतियोगिताहरु धरान र इटहरीमा बांडेर आयोजना गरिने जनाइएको छ । जसअनुसार फूटबल धरानस्थित एन्फा कम्प्लेक्समा, बास्केटबल डिपो माबिमा र हाजिरी जवाफ धरान कलेज अफ म्यानेजमेन्टमा सञ्चालन गरिने बताइएको छ । इटहरीमा क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुने भएका छन् । क्रिकेट डिभिएम स्कूल परिषरको मैदानमा र भलिबल इटहरी रंगशालामा हुने भट्टराइले जानकारी दिए । सम्बन्धित खेलको प्रतियोगिताहरु सम्पन्न गर्न जिल्ला संघका खेलकुद पदाधिकारीलाइ ब्यवस्थापनको जिम्मा दिइएको भट्टराइले जानकारी दिए ।

भलिबलका लागी पूर्वाञ्चल भलिबल संघका सदस्य बिक्रम थापा, क्रिकेटका लागी सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, बास्केटबलका लागी सुनसरी जिल्ला बास्केटबल संघका सचिव बिकास चाम्लिङ राई र फूटबलका लागी सुनसरी जिल्ला खेलकुद विकास समितीका सदस्य गोपाल कार्कीलाई ब्यवस्थापनको जिम्मेवारी तोकिएको प्रतियोगिता संयोजक भट्टराइले बताए ।

सुनसरी जिल्लाका हिसानमा आबद्ध ३३ विद्यालयले भाग लिने स्पोर्टस मिटमा १ हजार भन्दा बढी बिद्यार्थीले प्रत्यक्ष रुपमा सहभागिता जनाउने र ६ हजारभन्दा बढी बिद्यार्थी अप्रत्यक्ष रुपमा सहभागी हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगता सम्पन्न गर्न १० लाख रुपैया खर्च लाग्ने र सो खर्च हिसान सुनसरी आफैले आन्तरिक रुपमा संकलन गर्ने बताइएको छ ।

एक सातासम्म हुने प्रतियोगिताको समापन धरानस्थित नेशनल कलेजमा गरिने र सो अवशरमा झ्याउरे भाकामा नृत्य प्रतियोगिता सञ्चालन गरिने हिसान सुनसरीका सचिव पेशल पोखरेलले जानकारी दिए । सोही अवशरमा शिक्षा पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमद्धारा सुनसरीमा क्रियाशील सक्रिय एक जना पत्रकारलाइ सम्मान समेत गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर