RUMPUM
animated ellipse animated ellipse

मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेटको उपाधी आर्मीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७५, शनिबार १९:१९
3
Shares

सुनसरी / बिभागिय टिम पुलिसलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा समपन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी हात पारेको छ । आर्मीले आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै उपाधी हात पारेको हो ।

जितका लागि २ सय ५० रनको लक्ष्य दिएको त्रिभुवन आर्मीले पुलिस लाई १ सय ६६ रनमा अलआउट पार्दै उपाधीमाथी कब्जा गरेको छ । उपाधीसँगै आर्मीले नगद ४ लाख १ हजारसहित ट्रफि हात पारेको छ । उता उपविजेतामा चित्त बुुझाएको पुलिसले नगद २ लाख १ हजार प्राप्त गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेले । कुशल मल्ल भने अर्धशतक बनाउनबाट १ रनले चुके । पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाए । पुलिसका दिपेश श्रेष्ठले ३ विकेट तथा रामनरेश गिरीले २ विकेट लिए ।

जवाफमा २ सय ५० रनको विजय लक्ष्य पाएको पुलिसले ४२ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय ६६ रन मात्र जोड्न सक्यो । पुलिसका लागि योगेन्द्रसिंङ कार्कीले ५१ रन जोडेपनि जितकालागि पर्याप्त भने हुन सकेन् । पुलिसका हिमान्सु दत्तले २९ रन र अमित श्रेष्ठले २५ रनको पारी खेले । आर्मीका सहाब आलम र कुशल मल्लले समान ३–३ विकेट चट्काए ।

फाइनल खेलको म्यान अफ द फाइनल आर्मीका कुशल मल्ल घोषित हुँदा प्रतियोगितामा अनुशासित टिम भने प्रदेश नम्बर ७ बन्न सफल भएको छ । बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बनेका छन् । प्रतियोगिता भर उत्कृष्ठ खेलको प्रर्दशन गरेका पुलिसका दिलिप नाथ म्यान अफ द सिरिज चुनिएका छन् । उनले नगद ५१ हजार राशी हात पारेका छन् ।

विजेता तथा उपबिजेता टोलीलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पुरस्कार तथा ट्रफी वितरण गरे । इनरुवा नगरपालिका र शान्तिदिप नेपालको आयोजनामा भएको प्रतियोगितामा तीन विभागिय टिम सहित १२ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर