classic

एभरेष्टको खेलकुद सप्ताह सम्पन्न

खबर पूर्वाञ्चल, ३० पुष २०७५, सोमबार २०:०६

विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलमा जारी स्पोर्ट्स मिट २०७५ आज समापन भएको छ ।

कक्षा १ देखि १० सम्मका बालबालिकाबिच विभिन्न खेलहरुबिचमा प्रतिष्पर्धा गराइएको थियो । प्रदेशका मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको खेलकुद सप्ताहभरमा अधिकांश बालबालिकाले भाग लिएका छन् । बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद भन्ने मुलउद्देश्यका साथ आयोजित प्रतियोगिताले बालबालिकामा उत्साह थपिएको अभिभावकहरुको भनाई छ । आ–आफ्ना बालबालिकाको प्रतिष्पर्धात्मक खेलकुद हेर्न पुगेका अभिभावकहरु समेत प्रशन्न देखिन्थे ।

प्रतियोगिताका विजेता उपविजेताहरुलाई प्रत्येक दिन मेडल प्रदान गरिएको छ । विभिन्न दुरीका दौड, हाइजम्प, लङ्जम्पलगायतका प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयका शिक्षक राजन भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

SAHAKARI
PABON BRT

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५