पूर्वाञ्चल खबर
पथरीशनिश्चरे / उत्तरपूर्वी मोरङका बाम पत्रकारको भेला पथरीशनिश्चरेमा सम्पन्न भएको छ ।
भेलामा श्रमजिवी पत्रकारहरुको व्यवसायिक पत्रकारितालाई प्रवद्र्धन गर्र्र्दै संगठित भएर अघि बढ्ने कुरामा छलफल भएको छ । छलफलमा बोल्दै पत्रकारहरु भूपेन्द्र तिम्सिना, अर्जुन जम्नेली राई, मोहन भट्टराई, सन्तोष राई, पर्शुराम न्यौपाने सहितले मर्यादित र जवाफदेही पत्रकारितामा जोड दिए । कपि र पेष्ट समाचारप्रति सजक रहँदै अरुले दिएका समाचारहरुको सत्य तथ्य खोजी गरेर मात्र समाचार सम्प्रेषण गरिनु पर्ने कुरामा जोड दिइएको थियो ।
पत्रकार आचार संहिताका पक्षमा पूर्णरुपमा समर्पित भई अरुखाले पत्रकार भन्दा अब्बल, विश्वनीय र जवाफदेही पत्रकारिता गर्नु आजको आवश्यकता भएको चर्चा भएको छ । बेला बेला अन्तरक्रिया गर्दै व्यवसायिक दक्षता बृद्धि गर्ने कार्यक्रम अघि सार्नु पर्ने सहभागिहरुले आवश्यकता औंल्याएका छन् । उनीहरुले स्थानीय र प्रदेश सरकारका गतिविधिप्रति निगरानी एवम् खवरदारी गर्दै असल काम गर्नतर्फ प्रेरित गराउन सामाजिक उत्तरदायित्वपूर्ण पत्रकारिता अघि बढाउनु पर्ने उल्लेख गरेका छन् ।
कार्यक्रममा आमन्तित्र नेकपा पार्टीका प्रदेश सदस्य युवराज वास्कोटाले समाज
रुपान्तरमा पत्रकारिता जगतको सकारात्मक भूमिकामा जोड दिए ।