CLASSICTECH NET

पत्रकार अधिकारीलाई शिरोमणि सम्मान

खबर पूर्वाञ्चल, २९ पुष २०७५, आईतवार २१:२०

विराटनगर / विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी विराटनगरमा सम्मानित भएका छन् ।

शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीका अवसरमा विराटनगर चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले अधिकारीलाई सम्मान गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, रमाप्रसाद रिजाल, पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौलालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । अधिकारी रेडियो नेपालमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहेका अधिकारी प्रेस युनियन मोरङका पूर्व अध्यक्ष हुन् । पुस्तकालयले यसअघि सो सम्मानबाट विक्रम निरौला, मीनकुमार नवोदित, कुमार लुइँटेल, सुशीला पाठक सम्मानित गरिसकेको छ । समारोहमा कवि मेनुका चापागाईंलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्य, पूर्वअध्यक्ष केदार कोइराला, साहित्यकार कविराज न्यौपाने, नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, साहित्यकार बलराम पोखरेललगायतले नेपाली साहित्यमा पौड्यालले पु¥याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा एक दर्जनभन्दा बढी कविहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । पुस्तकालयले लेखनाथ जन्यन्तीको अवसर पारेर हरेक वर्ष स्रष्टा सम्मान र कविगोष्ठी कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५