पूर्वाञ्चल खबर
इटहरी / सुनसरीको इटहरी १७ स्थित लबिपुरमा सम्पन्न प्रथम लबिपुर च्यालेञ्ज कप फूटबल प्रतियोगिताको उपाधी संयुक्त यूवा क्लब पानधारे इटहरीले जितेको छ ।
आज सम्पन्न फाइनल खेलका मैत्री यवा परिवार झुम्का सुनसरीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै पानधारेले उपाधी जितेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । उपाधीसंगै पानधारेले नगद ३० हजार र ट्रफी पायो । उपबिजेता बनेको मैत्री यूवा परिषदले नगद २० हजार र ट्रफी पायो । विजेता तथा उपविजेता टिमहरुलाई इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरी, एन्फा सुनसरी अध्यक्ष केशव कार्की, उपाध्यक्ष देबेन्द्र बास्तोलालगायतले पुरस्कार वितरण गरे ।
पुष १४ गतेदेखि सुरु भएको सो प्रतियोगितामा सुनसरी र मोरङका १८ वटा टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक रामबाबु चौधरीले जानकारी दिए । प्रतियोगिता न्यू प्रगती यूवा क्लब लबिपुरले आयोजना गरेको हो ।