पूर्वाञ्चल खबर
आज साँझमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री पण्डितले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमती कायम गरेको जानकारी दिए ।
माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिन भित्र तोकिएको क्षेत्रमा नजाने राष्ट्र सेवक कर्मचारीहरुलाई वर्खास्त गरिने मन्त्री पण्डितले बताए ।
संघ, प्रदेश र स्थानीय निकायमा गरी एक लाख ३८ हजार कर्मचारीहरुको दरवन्दी रहेको वताउँदै मन्त्री पण्डितले आवश्यक अपुग कर्मचारी संघीय लोक सेवा आयोगले छोटो प्रक्रियावाट पदपूर्ति गर्ने समेत जानकारी दिए ।
स्तरउन्नति, थप ग्रेडवृद्धि, वृति विकास लागि राष्ट्र सेवक कर्मचारीका लागि सम्पूर्ण ढोका खोलेको वताउँदै मन्त्री पण्डितले अवकाश पछिको सम्पूर्ण सेवा सुविधा भुक्तानी गर्न संघीय सरकारले जिम्मेवार रहेको बताए ।
प्रदेश लोकसेवा आयोग गठन नभएसम्म प्रदेश र स्थानीय तहका लागि अपुग जनशक्ति संघीय लोकसेवा आयोगले नै खाली दरवन्दी पदपूर्ति गर्ने मन्त्री पण्डितले वताए ।
मन्त्री पण्डितले प्रदेश लोकसेवा आयोग गठन सम्वन्धी विधेयक यही ससद अधिवेशनमा पेश गर्ने जानकारी समेत दिए । संघयीताको सफल कार्यान्वयन गर्न वर्तमान सरकारले अध्यादेश मार्फत कर्मचारी समायोजन ल्याउएको वताउँदै विश्वका कतिपय मुलुकमा सघीय व्यवस्थापन कायम गर्न ५ देखि ९ वर्षसम्म लागेको मन्त्री पण्डितले बताए ।