श्रीमानले बोतल प्रहार गरि श्रीमतीको हत्या

खबर पूर्वाञ्चल, २८ पुष २०७५, शनिबार १६:१३

ईलाम / ईलामको सन्दकपुर गाउपालिका ५ बतासेमा श्रीमानले बोतल प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार राती ३५ वर्षीय कोसोमबहादुर गुरुङ र गुरुङकी ३५ वर्षीय श्रीमति निरमाया गुरुङबिच विवाद हुँदा श्रीमानले सिक्किमेरमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

आज बिहान स्थानीयले घटनाबारेमा प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी चौकी जमुनाको टोली सोमबहादुर गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५