पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ८ बाट २४ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका ११ घर भई सोही स्थान बस्दै आएका १९ बर्षीय बलबहादुर बिष्टलाई प्रहरी बराहक्षेत्र नगरपालिका ८ बाट पक्राउ गरेको हो । विष्टले बुधवार राती दमक नगरपालिका ३ घर भई माईती आएकी महिलालाई सोही स्थान बस्ने बर्ष २३ को रविन लिम्बु र बिष्टलेमहिलाको माईती घर देखि ५० मिटर पर लगी जबरजस्ती करणी गरेको भनी स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले बिष्टलाई पक्राउ गरेको हो भने लिम्बु फरार रहेका छन् । लिम्बुको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।