पूर्वाञ्चल खबर
विराटनगर / निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को २९ औं स्थापना दिवशको अवसरमा विविद्य कार्यक्रमको आयोजना गरी मनाएको छ ।
प्याब्सन नगर समिति विराटनगर र प्याब्सन बुढी गंगा गाउँपालिकाले संयुक्त रुपमा आज विराटनगर स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिमा रहेका वृद्धाहरूलाई पौष्टिक खाद्यान्न वितरण गरेर मनाएको हो ।
आश्रममा रहका करिब १ सयको संख्यामा रहेका वृद्धाहरूलाई प्याब्सनले खाद्यान्न सहयोग गरेको प्याब्स ननगर समिति विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । प्रत्येक वर्ष प्याब्सनको स्थापना दिवस मनाउँदै आएको तर यस वर्ष भिन्न तरिकाले स्थपना दिवस मनाएको नगर सचिव श्रेष्ठले बताए ।
खाद्यान्न वितरणमा प्याब्सनको पूर्व केन्द्रीय सह–कोषाध्यक्ष डा.उद्धब पोखरेल, प्याब्सन मोरङका सल्लाकार यूवराज अधिकारी, प्याब्सन मोरङका सचिव प्रेमलालसिंह सुवाल, नगरको अध्यक्ष इन्द्र राईलगायतका पदाधिकारीहरूको उपस्थीति रहेको थियो । वृद्धाश्रममा स्थापना गरिएको कोषमा प्याब्सन नगर समितिले ३५ हजार रुपैयाँ समेत सहयोग गर्ने घोषणा प्याब्सन नगर अध्यक्ष इन्द्र राईले जानकारी दिए । उक्त कार्यक्रमको संयोजन प्याब्सन नगर समितिको कोषाध्यक्ष शिवअधिकारीले गरेका थिए ।