पूर्वाञ्चल खबर
जनता आवास कार्यक्रम अन्र्तगत घर बनाई दिने भन्दै ठगी धन्दा चलाउने गुरुङ खेले आम हिड्ने गरेका छन् । उनले जहदा गापाको धुनी बस्तीका ३३ घरबाट ४० हजार रुपैयाँको दरले १३ लाख ३२ हजार रुपैयाँ लिएर ठगी गरेको आरोप पीडितहरूले लगाएका छन् । यसरी जनता आवासको नाममा पैसाँ कुम्लाएर केही समय फरार भए पनि अहिले गाउँघरमा खुल्लेआम हिडडुल गर्ने गरेको पीडितहरूकोे भनाई छ । यस्तो व्यक्तिलाई राज्यले नै संरक्षण गरेको पीडिले आरोप लगाएका छन् ।
सरकारले गरीब, विपन्न र पिछडिएका समुदायका लागि घर निर्माण गर्न सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत ४० हजार रुपैयाँ बुझाएर २ कोठाको पक्की घर बनाउने भन्दै यहाँका स्थानियबासिसँग गुरुङले पैसाँ लिएको पीडितहरू बताउँछन् । ३३ घर परिवारको पैसाँ लिए पछि केही समय लापत्ता भएका गुरुङ अहिले गाउँघरमा खुल्लेआम हिडडुल गर्ने गरेको जहदा गपा धुनीका पीडित नन्दकिशोर सरबरियाले बताए । ‘आफुले थोरै लगानी लगाउँदा बाँकी खर्च सरकारले व्यहोरेर पक्की घर बनाइदिने सुन्दर सपना गुरुङले देखाए,’ उनले भने, ‘आफूसँग पैसाँ नभएपछि ऋण खोजेर पैसाँ बुझाएको एक वर्ष पुरा भयो । अहिलेसम्म घर बनेन ।’ पैसाँ बुझाएको १ वर्ष पुरा हुँदा पनि घर बनाउने कुनै सुरसार नगरेपछि बुझदै जाँदा आफुहरू गुरुङबाट ठगिएको उनीहरुरूको भनाई छ ।
गुरुङले ठगी गरेको पत्तो पाएपछि पीडितहरुले स्थानीय जनप्रतिनिधि गुहारेका थिए । जनप्रतिनिधिहरुको रोहबरमा गुरुङले पैसा फिर्ता गर्नै प्रतिबद्धता जनाएको भए पनि पालना गरेका छैनन् । सहमति अनुसार पैसाँ नदिए पछि कानुनी प्रक्रिया अनुसार गुरुङलाई ठगी मुद्दामा प्रहरीमा उजुरी दिने दिने पीडितहरूले बताए । ‘गुरुङलाई र पीडित भएका घरपरिवासँग यहाँका जनप्रतिनिधी बस्दा घर बनाउँने भन्दै पैसाँ लिएको स्वीकार गरेका थिए,’ जहदा गापा १ वडा कार्यालयका सामाजिक परिचालक हरीओम राजवंशीले भने, ‘गुरुङले अहिलेसम्म पीडितको पैसाँ दिएको छैनन् । कानुनी उपचार खोज्न प्रहरीमा उजुरी गर्न सुझाब दिएका छौं ।’
पीडितले उजुरी दिए कारवाही गर्छौ–प्रजिअ केसी
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पीडित भएका धुनीका बासिन्दाले प्रहरीमा निवेदन दिए कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए । ‘घटनामा बारे मैले पनि विभिन्न संचारमाध्यबाट जानकारी पाए,’ उनले भने, ‘कसैले उजुरी दिए पक्राउ गरि आवश्यक प्रक्रिया हामी अगाडी बढाउछौं ।’ उनले लेनदेन र ठगीको विषयमा अदालतमै छिनोफानो हुने कानुनी व्यवस्था रहेको भए पनि लेनदेनको कारण समाजमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशान लागि पर्ने बताए ।