पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर ५ स्थित इक्राही बस्तीको एक गार्मेन्ट उद्योगमा आज विहान आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।
ईसरलाल चौधरीले सञ्चालन गरेको गारमेन्ट उद्योगमा अचानक बिद्युत सर्ट भई आगलागि भएको हो । आगलागीबाट गारमेन्टमा प्रयोग हुने मेसिन र कपडा पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव ७० लाखभन्दा बढी क्षति भएको चौधरीको दाबी छ।
बैंकबाट ४० लाख ऋण लिएर अरु रकम थप गरेर उद्योग सञ्चालन गरेको उनको भनाइ छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।