AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जोखिम मुुक्त प्रदेश वनाउने अभियानमा प्रदेश सरकार– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७५, सोमबार १७:२६
3
Shares
विराटनगर / प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई जोखिम मुुक्त प्रदेश वनाउने अभियानमा प्रदेश सरकार लागि परेको वताएका छन् ।

प्रदेश न १ आन्तरिक मामिला तथा कानुुन मंत्रालयले विराटनगरमा आज आयोजना गरेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा प्रदेशको प्राथमिकता गोष्ठिलाई सम्वोधन गर्दैै मुुख्यमन्त्री राईले प्रदेश सरकारले समयमै ऐन कानुुन वनाएर जोखिम न्युुनिकरणको कार्यलाई अघि वढाएको वताएका हुन् ।

मुख्यमन्त्री राईले विगतका अनुभव र प्रयासहरुलाई सक्दो प्रयोग एवं उपभोग गरी विपद् व्यवस्थापनममा प्रयोग गर्ने वताउँदै प्रदेश सरकारले यसका लागि साधन, स्रोतको व्यवस्थापन गरी आवश्यक पूर्वाधार एवं संरचनाहरु तयार पार्ने कुरामा जोड दिए ।

ठुुलाठुुला सडक पुूर्वाधार तथा वस्ति निमार्ण गर्दा आउन सक्ने जोखिमलाई ध्यान पुु¥याउदै विकास निमार्णका कामलाई अघि वढाउनुुपर्ने मुख्यमन्त्री राईले बताए । उनले जोखिम न्युुनिकरणका लागी तीन तहको सरकारविच समन्वय हुुनुु आवश्यक रहेको समेत वताए ।

प्रदेश न १ का सभामुुख प्रदिप भण्डारीले राहत वितरण गरेर जोखिम न्युुनिकरण नहुुने भन्दै जोखिम आउन नदिन दिर्घकालिन योजना वनाउनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा वोल्दै आन्तरिक मामिला तथा कानुुनमंत्री हिकमत कार्कीले प्रदेश सरकारले सवै स्थानिय तहमा जोखिम न्युुनिकरण विपद् व्यवस्थापनका लागी अभियान सञ्चालन गरेको वताए । उनले सरकारको एक्लो प्रयासवाट मात्र जोखिम न्युुनिकरण नहुुने भन्दै त्यसका लागी सवैको सहयोग आवश्यक रहेको वताए ।
प्रदेश नम्वर १ का प्रमुुख सचिव केदार न्यौपानेले जोखिम आउन पूर्व त्यसको न्युुनिकरण र व्यवस्थापनका लागी ठोस योजना वनाउनुु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस संसदिय दलका नेता राजीव कोइराला, नेकपाका उपनेता टंक आङवो, प्रदेश सांसद नवदिता चाौधरी, विमल कार्की तथा रेडक्रस झापाका सभापति लोकराज ढकालले प्रदेश स्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् उत्थानशील प्रदेश नीति, विपद् जोखिम व्यवस्थापनमा प्रादेशिक रणनीतिक कार्ययोजना, प्रादेशिक आपतकालीन प्रतिकार्य ढाँचा र विकास प्रक्रियामा सम्भावित विपद् जोखिम न्युुनिकरणकालागी प्रभावकारी कदम चाल्नुु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर