RUMPUM
animated ellipse animated ellipse

तीन विभागिय टोली सहित गण्डकी प्रदेश सेमिफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७५, शनिबार २२:१८
3
Shares

सुनसरी / तीन विभागिय टोली सहित गण्डकी प्रदेश इटहरीमा जारी दोस्रो सभामुख कप राष्टिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न भएको क्वाटरफाइनल खेलहरुमा बिजयी हुदै नेपाल पुलिस, एपीएफ, आर्मी र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वाटरफाइनल खेलमा पुलिसले प्रदेश नम्बर एक माथी ३–२ सेटको संघर्षपूर्ण जित निकाल्यो । सो खेलमा पुलिस सुरुको २ सेट २३–२५, १७–२५ ले पराजित भएपनि त्यसपछी भएको तीन सेट लगातार रुपमा २५–१७, २५–२१ र १५–१२ स्कोर निकाल्दै रोमाञ्क जित हात पारेपछी सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

दोस्रो क्वाटरफाइनलमा एपीएफले कर्णाली प्रदेश माथी ३–० को सोझो सेटमा सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा एपीएफले २५–१३, २५–१६ र २५–१३ को जित निकाल्न सफल भयो । प्रतियोगिता अन्तर्गत तेश्रो क्वाटरफाईनलमा प्रदेश नम्बर ३ माथी गण्डकी प्रदेशले सोझो सेटमा नै जित निकाल्यो । सो खेलमा गण्डकी प्रदेश ले २५–२०, २५–१६ र २५–२० को जित निकाल्यो । अन्तिम क्वाटरफाइनलमा नेपाल आर्मीले पनि प्रदेश नम्बर ५ लाइ ३–० को सोझो सेटले पराजित गरेको छ । दुबै सेमिफाइनल खेल आइतबार हुनेछन ।

आइतबारको पहिलो सेमिफाइनल खेलमा दुई विभागिय टिम नेपाल पुलिस र एपीएफ प्रतिष्पर्धा गर्दा अन्तिम सेमिफाइनलमा आर्मी र गण्डकी प्रदेश भिड्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर