AArya
RUMPUM
animated ellipse animated ellipse

उपसभामुखद्वारा दृष्टिविहीनलाई न्यानो कपडा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७५, शुक्रबार २१:१२
3
Shares

बेलबारी– उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले मोरङमा दृष्टिविहीनलाई न्यानो कपडा वितरण गरेक छिन् ।

नेत्रहीन संघ मोरङले १७ औं साधारणसभा तथा प्रथम बेललिपी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ३८ जना दृष्टिविहीनलाई ज्याकेट, स्वीटरलगायतका न्यानो कपडा वितरण गरेकी हुन् । विभिन्न संघ संस्था तथा व्यक्तिहरुले न्यानो कपडा सहयोग गरेका थिए ।

कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले अपांगता भएकाहरुमाथि हुने विभेद र अप्ठ्याराहरुलाई कानुनीरुपमै समाधान गर्न सहयोग गर्ने बताइन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक, राष्ट्रिय अपांग महासंघका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेकपा बेलबारी संयोजक पर्शुराम सुवेदी, इरान राई, महिला प्रतिभा संघका सकुन्तला सुवेदीलगायतले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर