AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सञ्चारकर्मीले राजनीतिक पार्टीको प्रतिनिधि भएर काम नगर्न मन्त्री कार्कीको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७५, शुक्रबार १६:१२
3
Shares
विराटनगर / प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र र समाजलाई सजग गराउने सञ्चार क्षेत्र जहिले पनि सचेत एव्म गम्भीर हुनु पर्ने वताए ।

उनले आज विराटनगरमा आयोजित मोरङ पत्रकार महासंघको १३ औं साधारण सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रदेश १ का सुचना तथा सञ्चार मन्त्रीसमेत रहेका कार्कीले प्रदेश सरकाले सञ्चार क्षेत्रमा कठिनाई उत्पन्न हुने कुनै पनि काम नगरेको वताउँदै सञ्चार क्षेत्रमा कार्यरत संचारकर्मीहरु राजनीतिक पार्टीको प्रतिनिधि भएर काम नगर्न आग्रह गरेका छन् ।

प्रदेश सभा सदस्य केदार कार्कीले सञ्चार क्षेत्रमा आम जनताको आस्था र विश्वास रहेकाले यो क्षेत्र इमान्दारीपूर्वक आफ्ना धर्म निर्वाह गर्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले संचारकर्मीहरु सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्ने कुरामा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आम जनतालाई सुसूचित गर्ने सञ्चार माध्यम निष्पक्ष भएर काम गर्नु पर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले सञ्चारकर्मीहरुले लोकतन्त्रलाई सुदृढीकरण र बलियो बनाउने विषयमा ध्यान केन्द्रित गर्नु पर्ने वताए ।
महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दरा, नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्ष विक्रम लुइटेल, महासचिव विवेक गौतम र जिल्ला शाखाका उपाध्यक्ष कुमोद अधिकारीले संचारकर्मी देश र जनताकै हितमा कलम चलाई रहेको र यसलाई अझ सशक्त रुपमा अघि बढाउनु पर्ने बताए ।

कार्यक्रममा महासंघका पूर्व सभापतिहरु सुवास ढकाल,मोहन भण्डारी,यज्ञ शर्मा, दिपक दाहाल, शिवबहादुर कार्की, विक्रम निरौला र महेन्द्र बिष्टलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर