AArya
RUMPUM
animated ellipse animated ellipse

सञ्चारकर्मी भट्टराई र आचार्य र कर्मचारी फुयँल पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७५, शुक्रबार १५:४४
3
Shares

विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखाको दुई जना सञ्चारकर्मी र एक जना कर्मचारी पुरस्कृत भएका छन् ।

आज विराटनगरमा भएको शाखाको १३ औँ साधारण सभाको अवसरमा सञ्चारकर्मी तारा आचार्य र ध्रुव भट्टराई तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको हो । भट्टराईलाई ११ हजार राशी रहेको नगर विकास प्रतिभा पत्रकारिता पुरस्कार र आचार्यलाई महासंघद्वारा स्थापित पत्रकारिता १५ हजार राशीको प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।

यस्तैगरि महासंघमा लामो समयदेखि कार्यालय सचिवका रुपमा कार्यरत कर्मचारी दिपक फुँयललाई ५१ हजार राशीको पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुने तीनै जनालाई प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर