खबर पूर्वाञ्चल

२०४०/४१ सालमा स्ववियू राजनीति गरेकी भण्डारी आफ्नो अभिनन्दन समारोहमा सहभागी हुन करिब २५ बर्षपछि क्याम्पस पुगेकी हुन् । अभिनन्दन समारोहमा सहभागी हुनुअघि भण्डारीले स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको कार्यालयमा करिब तीन मिनेट बिताइन् । महेन्द्र मोरङ क्याम्पसस्थित सरस्वती मन्दिरको दर्शनपछि स्ववियू कार्यालय पुगेकी भण्डारीले समकालीन विद्यार्थी नेतालाई सम्झिइन् ।

भण्डारीले भित्तामा टाँगिएको स्ववियूको कमिटीको नामावली हेरिन् । २०४० सालमा भण्डारी स्ववियू कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यो कमिटीमा भारतराज पोखरेल सभापति र भूराज राई सचिव थिए ।

२०४० सालामै जननेता मदन भण्डारीसँग विवाह गरेकी विद्यादेवीले विस २०५० सालपछि महेन्द्र मोरङ क्याम्पस आएकी थिइनन् ।

अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले महेन्द्र मोरङ क्याम्पस देशकै अब्बल शैक्षिक धरोहर भएको बताएकी थिइन् । समय सुहाउँदो शिक्षा दिन आवश्यक रहेको भन्दै उनले दक्ष जनशक्त उत्पादन गर्नुपर्ने बताइन् । तस्वीरहरु पुष्पराज थपलिया