पूर्वाञ्चल खबर
विराटनगर / ईडन एकेडेमी कन्सल्टेन्सी प्रा. लि. धरानका अध्यक्ष मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्श संघ १ नम्बर प्रदेश समितिको गठन गरेको छ ।
पूर्वका कन्सल्टेन्सीहरुको ईटहरीमा भएकोे भेलाले तिगेलाको अध्यक्षमा समिति गठन भएको हो । उपाध्याक्ष्यमा दिवाकरलाल चौधरी, सचिवमा अल्फावेटा विराटनगरका प्रमुख टिका ढकाल, कोषाध्यक्षमा निरज पौडेल चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा गम्भीर भगत, बेन्जु ताम्रकार, टिकाराम न्यौपाने, सुवाास लुईटेल, सन्तोस कुरुम्बाङ्ग, विशाल खुलाल र प्रकाश कार्कीलाई चयन गरेको छ ।
पूर्वमा रहेका कन्सल्टेन्सीहरुलाई शशक्तिकरण गर्दै तालिम दिई क्षमता अभिबृद्घि गरेर वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन सक्षम बनाउदै लैजाने नवनिर्वाचित अध्यक्ष तिगेलाले बताए । भेलामा करिव ६० भन्दा बढी कन्सल्टेन्सी सञ्चालकहरुको सहभागि रहेका थिए ।