RUMPUM
animated ellipse animated ellipse

जाडोमा न्यानो कपडा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७५, सोमबार २१:५१
3
Shares

विराटनर / नोना कोइराला स्मृती प्रतिष्ठनले जाडोमा न्यानो कपडा वितरण गरेको छ ।

मोरङको बुढीगंगा गाउ“पालिका–७ को ऋषीदेव टोलमा आज प्रतिष्ठानका संरक्षक एव कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले एक समारोह विच कम्वल वितरण गरे ।

प्रतिष्ठानले ऋषीदेव लगाएतका अन्य १ सय ४० परिवारका लागि कम्वल वितरण गरेको थियो । कार्यक्रममा ठूलो संख्यामा ऋषीदेवलगायतका परिवार कम्वल लिन जम्मा भएका थिए ।

कार्यक्रममा वोल्दै केन्द्रीय सदस्य डा. कोइरालाले प्रतिष्ठानले मोरङ लगाएका देशका सवै जसो जिल्लामा आपत विपतका वेला राहत वितरण गर्ने गरेको वताउ“दै नेपाली महिला मुक्तीका लागि नोना कोइरालाले खेलेको योगदानको चर्चा गरे ।

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक पुनम कोइराला वुढिगंगा गाउँपालिका ७ का वडाअध्यक्ष मुरारीलाल विश्वास, प्रतिष्ठानका अध्यक्ष डा. नारायण कुमारलगायतले कम्वल वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर