AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेफा निर्वाचन : देव र अली मैदानमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७५, आईतवार २२:११
3
Shares
विराटनगर / नेपाल जनस्वास्थ्य संघ (नेफा) १ नम्बर प्रदेशको आगमी पुस २१ गते हुने निर्वाचनको सरगर्मी बढेको छ ।

छुट्टा– छुट्टै दुई वटा समूह आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएपछि माहौल तातेको छ ।

लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा लागिपरेका अनिल देवको प्रगतिशिल समूहले एक कार्यक्रमको आयोजना गरि उम्मेदवारी घोषण गरेको छ । प्रगतिशिल समूहबाट उपाध्यक्षमा बिपुल अधिकारी, सचिबमा मनिष सुवेदी, सहसचिबमा प्रविन यादव, कोषाध्यक्षमा चिन्तामणि पोखरेल छन् । सदस्यमा निता गौतम, निरज नेपाल, कुबेर भट्टराई, देवेन्द्र भट्टराई, र समावेशी सदस्यमा मजबुल आलम रहेका छन् ।

पेशागत समूहबाट अध्यक्षको लागि हैदर अलीले उम्मेदवारी घोषणा गरेका छन् । अलीको समूहबाट उपाध्यक्षमा तालबहादुर खड्का, सचिवमा जीवन चौलागाई र कोषाध्यक्षमा सुदन पौडेलसहित सदस्यहरूमा धर्मेन्द्र संग्रौला र संजय ठकुरी मैदानमा छन् । पेशागत समूहबाट सदस्यको उम्मेदवार भने सार्वजानिक गरेको छैन् । अन्य पदमा उम्मेदवार नभेटिएकोले पेजर पोस्टमा मात्र उम्मेदवार दिने तयारी गरेको स्रोतको दाबी छ ।

प्रगतिशलबाट नविन लामिछानेले अध्यक्षमा उम्मेदवार दिएको हुनाले अन्तिम समयमा आएर आइतबार विराटनगरमा बसेको बैठकले आधिकारीक रुपमा देवको समूहलाई सगाउने सहमति भएको छ । लामिछानको समूहले अन्तिम समय आएर उम्मेदवार फिर्ता लिएपछि प्रगतिशलबाट उम्मेदवार दिएका देवको समूह बलियो भएको बुझिएको छ ।

प्रगतिशिल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका देव लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा आवद्ध छन् । प्रदेश नम्बर १ मा २ सय १७ जना सदस्यले निर्वाचन प्रक्रियामा सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर