पूर्वाञ्चल खबर
ए–वान इन्टरटेन्टमेन्टले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको हो ।
आर्षक तरिकाले डिजाइन गरिएको क्राउन बिजेताको २० तोला, फस्ट रनरअपको १० तोला र सकेन्ड रनरअपको ५ तोला चाँदीको क्राउन हुनेछ । उक्त क्राउन मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष प्रकाशन मुन्दडाले सार्वजानिक गरे । विराटनगरमा शनिबार हुने सातौं संस्करणको मिस पूर्वेली सुपर मोडलको फाइनलमा १९ जना प्रतियोगि प्रतिस्पर्धामा उत्रिदैछन् ।
फाइनलमा मन्दिरा दुमी राई, श्रद्धा श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सन्जु सापकोटा, स्नेहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आचल मलिक, अक्क्षेता रौनियार, निकीता अधिकारी, शसीकला साह, आस्था भट्टराई, भीमाकुमारी श्रेष्ठ, जेनिसा खड्का, र्सिजा पोखरेल, सन्देशा कटुवाल फाइनलमा पुगेका छन् ।
अहिले उनीहरू बन्द प्रशिक्षण छन् । एक सता बढी हुने बन्द प्रशिक्षणमा कोरियोग्राफर सृजना रेग्मीले दिदै आएकी छिन् । प्रतियोगिले प्रशिक्षणमा क्याटवकदेखि सामाजिक कार्य र उनीहरूको व्याक्तित्व विकासको बारेमा सिक्ने गर्दछन् ।
सातौ संस्करणसम्म आइपुग्दा पुरस्कार राशी समेत बढाएको अध्यक्ष किरण लामाले बताए । बिजेता, फस्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः २ लाख ५० हजार, १ लाख तथा ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।