RUMPUM
animated ellipse animated ellipse

नेपाल बुद्धिजीवी संगठनको सरकारलाई चुनौती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०७५, सोमबार २१:१८
3
Shares
विराटनगर / नेपाल बुद्धिजीवी संगठनको आयोजनामा नेपाली जनताको चाहना र देशको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कावा अध्यक्ष रामेश्वर बिक्रम थापाले अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा नेपाल आजसम्म राजनितिक, आर्थिक, परराष्ट्र मामिला, र सुरक्षा लगायत बिषयमा वास्तविकरुपले स्वतन्त्र नहुनु नै मूल समस्या रहेको उल्लेख गरेका छन् । अवधारणापत्रमा सरकारले राष्द्रियता, जनतन्त्र, जनजीविका माथि खेलवाड गरेको उल्लेख छ । बजारमा महंगी, कालोबजारी र उपभोक्ताको शोषण अत्यधिक भएता पनि सरकार मुकदर्शक भएको साथै जनताका वास्तविक समस्याहरुलाई थाति राखेर कार्यकर्ता पोस्न तल्लिन रहको उल्लेख छ ।

संगठनका उपत्यका संयोजक प्रकाश अधिकारीले बुद्धिजीवी वर्ग नयाँ श्रमिकको रुपमा रहेको र संगठनले सबैलाई समेट्ने बताएका छन् । लव प्रधान,वलराम पोखरेल, वासुदेव राजवंशी, इन्सेक पूर्वाचल संयोजक सोमराज थापा, विवेकशिल पार्टीका अमलेश कर्णलगायत बोलेका थिए । अवधारणापत्र माथि टिप्पणी गर्दै डा.तिर्थ श्रेष्ठ, शिक्षक विकास न्यौपानेले वर्तमान संसदीय व्यवस्थाले जनताको चाहना पुरा संवोधन गर्न नसम्ने भएकाले एकजुट भएर लड्नु पर्ने भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर