RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलमा क्रिसमस डे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ पुष २०७५, आईतवार १९:३८
3
Shares
विराटनगर / सदैव शैक्षणीक तथा अतिरिक्त कार्यक्रममा अवल, बिराटनगर – २ मा रहेको बुढानिलकण्ठ अ. मा. वि मा अधिल्ला बर्षहरु झै यस बर्ष पनि विभिन्न कार्यक्रमका साथ क्रिसमस डे मनाएको छ ।

विभिन्न धर्म विशेष कार्यक्रमहरु मनाउने क्रममा आज क्रिसमस डे मनाईएको हो । कार्यक्रमको सुरुवातमा व्रिmसमसको जन्म नामक नाट्य प्रश्तुती गरिएको थियो त्यस पछि स्कूलमा अध्ययनरत कक्षा चारदेखि सातका विद्यार्थीहरुले सुमधुर संगित र नृत्यको साथमा मानव अंकित व्रिmसमस ट्रि तयार गरेका थिए र सेन्टाक्ल्सको पोसाक पहिरिएका विद्यार्थीहरुले स्कूल प्राङ्गणको अग्रपंत्तिमा उभिएर कार्यक्रमको शोभा बढाएका थिए ।

कार्यक्रमकै क्रममा कक्षा छ देखि नौ सम्मका छात्राहरुले व्रिmसमस ट्रिको बिचौंबिच नृत्य प्रश्तुत गरेका थिए । दुई चरणमा प्रश्तुत गरिएको उक्त कार्यक्रमको समाप्ति सँगै सेन्टाक्लसको पोसाकमा सझिएका विद्यार्थीहरुले सम्पूर्ण विद्यार्थीहरुलाई चकलेट वितरण गरेका थिए ।

कार्यक्रम विद्यालय स्तरकै उत्कृष्ट भएको जनाउदै कार्यक्रमलाई छोटो समयमै राम्रो र सफल बनाउन सहयोग पु¥याउने प्रशिक्षक तथा सम्पूर्ण शिक्षक – शिक्षिकाहरुलाई स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले धन्यावाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर