AArya
RUMPUM
animated ellipse animated ellipse

स्पार्कमा निःशुल्क स्वास्थ्य शिविर सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७५, आईतवार १९:१०
3
Shares
विराटनगर / विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले तेस्रो बार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविर आइतबारदेखी सुरु गरेको छ ।

हस्पिटल परिसरमा तीन दिनसम्म संचालन हुने स्वास्थ्य शिवरको पहिलो दिन १ सय ५१ जनाको स्वास्थ्य लाभ लिएको हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए ।

हस्पिटलले पुस १० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने छ । स्वास्थ्यको पहुच भन्दा टाडा रहेका विरामीहरूको स्वास्थ्य लाभ गराउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हस्पिटलले जनाएको छ । तीन दिनसम्म हुने उक्त स्वास्थ्य शिविरमा १ हजार बढीले स्वास्थ्य लाभ लिने हस्पिटलले अपेक्षा राखेको छ । स्वास्थ्य परिक्षण गरि विरामीलाई हस्पिटलले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

प्रत्येक बार्षिक उत्सवमा यस हस्पिटलले विभिन्न सेवामुलक कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउने गरेको अध्यक्ष अधिकारीले बताए । ‘यस वर्षको तेस्रो वार्षिक उत्सव समेत भव्य र सभ्य हुन्छ,’ उनले भने, ‘तीन दिनसम्म निःशुल्क शिविर र अन्तिम दिन रक्तदान कार्यक्रम तयारी गरेका छौं ।’

काठमाडौंबाट आएको ६ जनाको विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य शिविरमा सेवा प्रदान गर्दै आएका छन् । विशेषयज्ञ चिकित्सक सुनिलकुमार पौडेल, अनिल महतोलगायतको टिमबाट उपचार भइरहेको बताइएको छ । वार्षिक उत्सवको अवसरमा ल्याबमा समेत छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । रगतमा सुगर जाँच, युरिक एसिड जाँच निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । उपचार र अस्पतालमा भर्ना बिरामीलाई २० प्रतिशत छुट दिनुका साथै दुर्गम क्षेत्र तथा ज्येष्ठ नागरीकहरुलाई विशेष छुट दिने अधिकारीले बताए ।

अस्पतालले प्यारालाइसिज (पक्षघात) जस्तै–मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्न,े नसा च्यापिएको, हड्डी खिइएको,े वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दे आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर