AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न राष्ट्रिय परिचयपत्रले बल पुग्ने : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७५, आईतवार १७:४७
3
Shares
फाइल तस्वीर
विराटनगर / राष्ट्रिय परिचय पत्रले नागरिकको पहिचान र परिचय स्थापित हुने भएकाले राष्ट्रलाई फाइदा पुग्ने १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने बताए । विकास र समृद्धिमा प्रत्यक्ष पहुंच बढाउन राष्ट्रिय परिचयपत्रले मदत गर्ने प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री राईले मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न परिचयपत्रले थप बल पुग्ने बताए ।

प्रदेश नं.१ का मुख्यसचिव केदार न्यौपानेले सरकाले लिएको लक्ष्य पूरा गर्न परिचयपत्र वितरणमा खटिने कर्मचारीले अहोरात्र काम गर्नु पर्ने बताए ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दिपक काफ्ले र मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले यस किसिमको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृतिका मानिसलाई कठिनाई हुने बताए । नेपाल सरकारले आर्थिक वर्ष २०६६÷६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुरुपम आव २०७४÷७५मा पूर्वी नेपालको पाँचथरमा एक लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ र चालु आवमा प्रदेश नं.१ अन्तर्गत झापामा चार लाख ८९ हजार १३४ जना र संखुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विराटनगरमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै राईले सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने बताए । विकास र समृद्धिमा प्रत्यक्ष पहुंच बढाउन राष्ट्रिय परिचयपत्रले मदत गर्ने प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री राईले मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न परिचयपत्रले थप बल पुग्ने बताए ।

प्रदेश नं.१ का मुख्यसचिव केदार न्यौपानेले सरकाले लिएको लक्ष्य पूरा गर्न परिचयपत्र वितरणमा खटिने कर्मचारीले अहोरात्र काम गर्नु पर्ने बताए ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दिपक काफ्ले र मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले यस किसिमको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृतिका मानिसलाई कठिनाई हुने बताए । नेपाल सरकारले आर्थिक वर्ष २०६६÷६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुरुपम आव २०७४÷७५मा पूर्वी नेपालको पांचथरमा एक लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ र चालु आवमा प्रदेश नं.१ अन्तर्गत झापामा चार लाख ८९ हजार १३४ जना र संखुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर