पूर्वाञ्चल खबर
विराटनगरे / विराटनगर–८ मा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटे छैठौ सधारण सभाबाट राजेन्द्रकुमार थापाको अध्यक्षतामा ९ सदस्य सदस्य संचालक समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रामचन्द्र शर्मा खतिवडा, सचिवमा गंगाप्रसाद कोईराला, कोषाध्यक्षमा कृष्ण भट्टराई चयन भएका छन् भने श्यामसुन्दर सुतिहार, चेतनाथ निरौला, बाल्मीका बस्नेत, दिनावती माझी थारु, मिना सुवेदी दंगाल सदस्यहरुमा चयन भएका छन् ।
प्रमुख अतिथी पूर्व संविधान सभा सदस्य ऋषीकेश पोखरेलले उद्घाटन गर्दै सहकारीले गर्ने आर्थिक, सामाजिक र सांस्कृतीक कामलाई पार्दशी र रोजगार मुखी वनाउनु पर्ने वताए । सहकारीमा वचत कर्ताले स्वयम आफै आए वचत गरेमा ती सदस्यले सल्लाह सुझाव समेत दिने भएको तीनीहरुको सल्लाह र सुझावले अगाडी वढ्नु पर्ने उनले वताए ।
प्रमुख अतिथी पोखरेलले सहकारीका सदस्य मध्येका जेष्ठ नागरिक दमनविक्रम थापालाई सहकारीको १० वटा शेयर उपहार दिएर सम्मान गरेका थिए भने उत्कृष्ट वचत कर्ता इश्वर कार्की र उत्कृष्ट ऋणी तिलादेवी मण्डललाई सहकारीको ५ वटा शेयर दिएर सम्मान गरेका थिए ।