AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चासोक तङ्नाममा विदा दिन माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७५, बिहीबार २१:०७
3
Shares
विराटनगर / लिम्बु विद्यार्थी मञ्चले राष्ट्रिय किरात चाड (उधौली साकेला, चासोक तङ्नाम, चासुवा, शाँदार पिदार, भूम्या)मा तीन दिन विदा दिन माग गरेको छ ।

आज मञ्चका अध्यक्ष फिपराज बेघाले मूख्य मन्त्री सेरधन राईलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । हिन्दुइतरका चाडहरुलाई मात्र निश्चित समुदायमा खुम्चाउन खोजेको भन्दै मञ्चले किरात चाडलाई राष्ट्रिय चाड घोषणा गरी १ नम्बर प्रदेशभर ३ तीनसम्म प्रदेश सरकारले विदा दिन माग गरेको छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भइसक्दा पनि हिन्दु धर्मावलम्बीहरुका चाडहरुलाई मात्र राष्ट्रिय चाड घोषणा गरी सरकारले २०७४ साल चैत्र १४ गते, अतिरिक्ताङ्क ४७, खण्ड ६७ को नेपाल राजपत्रमा प्रकाशित गरेर हिन्दु धर्मावलम्बीहरुको चाडहरुलाई मात्र सार्वजानिक विदा दिएको थियो । सरकारले १४ दिन (दशैंमा ५ दिन, तिहारमा ३ दिन, तीजमा १ दिन, जितियामा १ दिन, बसन्त पञ्चमीमा १ दिन, महाशिवरात्रीमा १ दिन, फागू पूर्णिमामा १ दिन, नयाँ वर्षमा १ दिन) सार्वजनिक विदा दिदै आएको छ ।

समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको नेपालको संविधानको भावना अनुरुप किरात (राई, लिम्बु, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल, हायुलगायत) हरुको प्रत्येक वर्ष मंसिरे पूर्णिमामा पर्ने राष्ट्रिय चाड (किरात चाड) सामुहिक रुपमा मनाउँदै आएको छ । उधौली साकेला, चासोक तङनाम, चासुवा, शाँदार पिदार, भूम्या)’ को उपलक्ष्यमा विगत १६ वर्ष अगाडिदेखि पाउँदै आएको राष्ट्रिय विदा कटौती गरेकाले विदा यथावत कायम गर्न सरकारसँग विभिन्न संघसंस्थाहरुले जोडदार माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर