AArya
RUMPUM
animated ellipse animated ellipse

इलामको महालक्ष्मी बन्यो मोटरसाइकल विजेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७५, बिहीबार २०:५७
3
Shares

विराटनगर / अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको ‘अन्नपूर्ण पोस्ट् उज्ज्वल भविष्यःउपहार जितिन्छ अवश्य’ वार्षिक ग्राहक योजनाको दोस्रो मोटरसाइकल विजेता इलामको महालक्ष्मी ज्वेलरी बनेको छ ।

बिहीवार अन्नपूर्ण मिडिया नेटवर्कको प्रदेश १ को विराटनगरस्थित कार्यालयमा प्रदेश १ का प्रमुख सचिव केदार न्यौपानेले गरेको मासिक लक्की ड्रबाट रसिद नम्बर ९२५२ का ग्राहक महालक्ष्मी ज्वेलरी विजेता बनेको हो । उपहार स्वरुप ज्वेलरीले जगदम्बा मोर्टसको टिभीएस स्ट्राइकर मोटरसाइकल पाउने छन् ।

लक्की ड्र कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचिव न्यौपानेले बम्पर लक्की ड्रमा छात्रवृत्ति जस्तो महत्वपूर्ण पुरस्कार राख्नु निकै प्रशंसनीय भएको बताउँदै भने,‘अन्नपूर्ण मिडिया नेटवर्कले सामाजिक उत्तरदायित्वको क्षेत्रमा गरेको योगदना अनुकरणीय रहेको छ ।’न्यौपानेले पछिल्लो समय व्यवसायिक पत्रकारिताको विकासमा अन्नपूर्णको योगदान थप चुलिएको बताए ।

यो योजनामा सहभागी हुने पाठकले तीनहजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक बन्नासाथ स्क्र्याच कार्ड कोरेर हातहातै एलइडी टिभी, मोबाइलफोन, यूमिडिजी स्मार्ट मोबाइलफोन, भ्याकुम क्लिनर, मिक्सर ग्राइण्डर, वाटर डिस्पेन्सर, नगद छुटलगायतका थुप्रै उपहार पाउने छन । मासिक लक्की ड्रबाट हरेक प्रदेशका पाठकले मोटरसाइकल र बम्पर लक्की ड्रबाट एक जना भाग्यशाली ग्राहकले नगद रु. ३० लाख रुपैयाँ छात्रवृत्ति पाउने अन्नपूर्ण पोस्टका वितरण विभाग प्रमुख मनोज बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर