पूर्वाञ्चल खबर
विराटनगरमा / विराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८ का लागि दूईवटा उपसमिति गठन गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई सिफारिस गरिएको छ ।
विराटनगरमा आयोजित एक कार्यक्रममा साफ महिला च्याम्पिन्सीप तयारीका लागि सचिवालय उप समिति र मैदान व्यवस्थापन उप समिति बनाउन सिफारिस गरिएको एन्फा केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए।
प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिदो भएकाले साफ च्याम्पिन्सीप तयारी समितिद्वारा सचिवालय उपसमितिका लागि एन्फाका सह महासचिव बसन्त अर्यालको संयोजनमा पाच सदस्यको नाम सिफारिस भएको छ। जसमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, सदस्य अभयकुमार राईसहित अन्य दुइजना रहेकाछन्। त्यसैगरि, मैदान ब्यवस्थापन उपसमितिका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहेकाछन्।
कार्यक्रममा साफ च्याम्पियन्सीप तयारी समितिका संयोजक एवं एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रदेश नम्बर एकले अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गरे। साफ च्याम्पियन्सीप प्रदेशसंगै विराटनगरवासीका लागि चुनौति र अवसर दुवै भएको उनले बताए। त्यसैगरि, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानिया“ साफको गरिमालाई सफल बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिएका थिए। त्यसैगरि एन्फाका सदस्य दिपक राईले च्याम्पियन्सीपका चुनौतिहरुलाई पहिचान गर्दै समन्वयमा कार्य गर्न आग्रह गरे।
कार्यक्रममा उपस्थित पदाधिकारीले अन्र्तराष्ट्रिय टोलीका लागि उचित होटलको ब्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मोरङ जिल्ला फुटबल संघ सुनसरी जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो। महिला साफको पाचौ संस्करण फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म हुने विराटनगरमा हुदैछ। च्याम्पियन्सीपमा आयोजक राष्ट्र नेपालसंगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्सको सहभागिता रहनेछ।