भोलीदेखि शुरु हुने विराट ट्रेड एक्स्पोको सम्पुर्ण तयारी पुरा

खबर पूर्वाञ्चल, ५ पुष २०७५, बिहीबार १८:५९
विराट एक्पोको तयारी बारै जानकारी गराउँदै मेला सम्योजक अनुपम राठी । तस्वीर-पुष्पराज थपलिया

विराटनगर / भोलीदेखि विराटनगरमा आयोजना हुन लागेको ‘विराट ट्रेड एक्स्पो २०१८’ को तयारी पुरा भएको छ । आयोजक मोरङ व्यापार संघले आज मेला हुने स्थानमा पत्रकार सम्मेलन गरि विराट ट्रेड एक्स्पोको तयारी पुरा भएको जनाएको हो ।

एक्पोमा नेपाल सहित भारत बंगलादेश, पाकिस्तान र चीनका उत्पादक तथा वितरकहरुले सहभागिता जनाउदैछन् । एक्पोमा नेपाल सहित अन्य देशका चर्चित ब्राण्डहरुलेपनि सहभागिता जनाउने मेला आयोजक समितिका संयोजक अनुपम राठी बताए । एक्स्पोमा नेपालका घरेलु साना , मझौला, तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका व्यावसाय र पहाडी जिल्लाका खनीज जन्य कृषी उत्दानहरु राखीने मेला आयोजक समितिका संयोजक राठीले जानकारी दिए ।

उत्पादक र उपभोक्ता विच सुमघधुर सम्बन्ध स्थपना गर्ने हेतुले आयोजना गर्न लागिएको एक्स्पोमा हेलिकप्टरदेखि डाईनोसोर ल्याईने भएको छ । एक्स्पोमा २ सय ५० वटा स्टलहरु रहेन आयोजकले जनाईएको छ । स्टलहरुमा अटो मोवाईल्स, आईटी, बैंक, निर्माण सामाग्री, कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ता चप्पल,स्वास्थ्य, पर्यटन,दैनिकी उपभोग्य वस्तुहरु आदिन प्रदर्शनीमा राखीने भएको छ ।

एक्स्पोमा नेपालका घरेलु साना , मझौला, तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका व्यावसाय र पहाडी जिल्लाका खनीज जन्य कृषी उत्दानहरु राखीने मेला आयोजक समितिका संयोजक राठीले जानकारी दिए । उत्पादक र उपभोक्ता विच सुमघधुर सम्बन्ध स्थपना गर्ने हेतुले आयोजना गर्न लागिएको एक्स्पोमा हेलिकप्टरदेखि डाईनोसोर ल्याईने भएको छ ।

एक्स्पोमा २ सय ५० वटा स्टलहरु रहेन आयोजकले जनाईएको छ । स्टलहरुमा अटो मोवाईल्स, आईटी, बैंक, निर्माण सामाग्री, कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ता चप्पल,स्वास्थ्य, पर्यटन,दैनिकी उपभोग्य वस्तुहरु आदिन प्रदर्शनीमा राखीने भएको छ ।

एक्पोमा चीनिया इलेक्ट्रोनिक्सस“ग स“गै पाकिस्तानबाट लेदरका उत्पादनहरु प्रदर्शनीमा राखिने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । एक्पोमा बंगलादेशको गार्मेटका उत्पादनहरु पनि राखिने छ । एक्पोमा रहने २ सय ५० स्टलहरु मध्ये करिब ४० वटा विदेशी स्टल रहने अध्यक्ष सारडाले बताए

एक्स्पोको उद्घाटन एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । एक्स्पोमा प्रदेश नम्बर १ को पर्यटन प्रबद्धनको लागी हेलिकप्टरबाट प्रदेशमा रहेका विश्व कै ५ वटा उच्च हिमशिखरहरु अवलोकन गराईने भएको छ । एक्स्पोमा २ लाख दर्शकले अवलोकन गर्ने मेला आयोजको दावी छ ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकले स्टल रहने छन् । १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

एक्स्पोमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले हरेक दिन सांस्कृतिक कार्यक्र गरिने आयोजकले जनाएको छ । एक्स्पोमा सविन राई, कमल खत्री, ईन्दिरा जोशी, मेलिना राई, मिना निरौला तथा हास्य कलाकार संन्दिप क्षेत्रीलगायतको वेजोड प्रस्तुति रहने जनाइर्एको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५