खबर पूर्वाञ्चल
आजभोली के काममा व्यस्त हुनुहुन्छ हुनुहुन्छ ?
प्याब्सनको निर्वाचनपछि स्कूलको नियमित क्रियाकलप र निजी विद्यालयहरूको सहकारी संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएको हुनाले यस संस्थाले प्रत्येक वर्ष आयोजना गर्ने एसवीएसी सिंगिन स्टार प्रतियोगिताको तयारीमा लागिपरेको छु ।
आगामी पुसमा हुने यस प्रतियोगितालाई भव्यतापूर्वक सम्पन्न गर्नुपर्ने भएकोले त्यसको तायरीमा बढि समय दिइरहेको छु । लयान्स क्बल अफ विराटनगर एकाडेमीकोसमेत अध्यक्ष भएकोले लयान्सको गतिविधिमा पनि उतिकै सक्रिय भइरहेको छु । त्यस बाहेक मेरो नियमित अध्यापनको काम पनि सँगसँगै लगिरहेको छु ।
यति धेरै संस्थामा आवद्ध हुनुहुन्छ । आफ्नो विद्यालयलाई समय दिनुहुन्न ?
विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गरेपनि मैले समयको सकेसम्म व्यवस्थान गर्दै आएको छु । खाली रहेको समयमा यस्ता सामाजिक संघसंस्थामा समय दिने गरेको छु । मुख्यरुपमा त नियमित रुपमा विद्यालयको काममा नै सक्रिय हुने गरेको छु ।विद्यालय समय बाहेक अन्य सामाजिक क्षेत्रमा क्रियाशिल हुने गरी समय व्यवस्थापन गरेकोले मलाई खास समस्या परेको छैन ।
शिक्षण पेशामा कहिलेदेखि आवद्ध हुनुभयो ? पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
म शिक्षक पेशामा २०४५ सालदेखि आवद्ध रहदै आएको छु । शिक्षा क्षेत्रमा आवद्ध भएदेखि नै विभिन्न संघसंस्थाहरूमाफनि सक्रिय भइरहेको छु । त्यस बाहेकप्याब्सनको दूई कार्यकाल सदस्य र हालै प्याब्सनको १४ औं अधिवेशनबाट सह–सचिबमा निर्वाचित भएको छु । यो सबै मेरो शिक्षण पेशाबाट प्राप्त भएका उपलव्धी हुन् । त्यसैले म यो पेशाबाट पूर्ण रुपमा सन्तुष्ट पनि छु ।
तपाई प्याब्सनमा कहिलेदेखि आवद्ध हुनुभयो ?
विद्यालय स्थापनासँगै संस्थापक प्रिन्सिपल भएर काम गरें । २०५७सालबाट प्याब्सनको सदस्यता लिएँ । त्यसपछि २०७० सालदेखि प्याब्सनको कार्यसमितिमा रहेर काम गर्ने अवसर पाएको छु र अहिले पनि प्याब्सनमा नै आवद्ध छु ।
प्याब्सनको सह–सचिबमा निर्वाचित हुनुभएको छ, तपाईँका प्राथामिकताहरू के छन्?
सबैभन्दा पहिले त मलाई सह–सचिबमा निर्वाचित गराउनुहुने सम्पूर्ण प्याब्सनका सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । निजी विद्यालयहरूका समस्या धेरै छन् । त्यसमा पनि साना विद्यालयहरूको समस्या झन् धेरै छन् । अहिले स्थानीय तहमा बनेको कार्यविधी तथा नियमावलीहरूमा एकरुपता नहुँदा अन्यौल बढेको छ । त्यसलाई हामीले एकरुपतामा ल्याउने पहल गरिरहेका छौं र त्यसकालागि स्थानीय तहबीच समन्वय आवश्यक छ । अहिले निःशूल्क शिक्षाको विषय पनि आइरहेको छ । त्यसै कारण पनि निजी विद्यनलयहरुलाई चर्को करको मारमा पार्ने प्रयास भएको हुनसक्छ । अनावश्यक करको दरबाट छुटकारा दिन सरकारसंग उतिकै समन्वय र पहल आवश्यक छ । निजी र सामुदायिक विद्यालयहरूबीच सरकारले विभेद गर्दै आएको छ । यस्ता कुरालाई प्याब्सनले सशक्त एजेण्डा बनाएर आवाज उठाउनु पर्छ त्यसमा मेरो सक्रिय भूमिका रहन्छ ।
प्रस्तुती : अर्जुन श्रेष्ठ
तपाईको प्रतिक्रिया