पूर्वाञ्चल खबर
विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन भएको छ ।
विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि १४ औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित भएको पदाधिकारीहरूलाई सपथ ग्रहण तथा पदस्थापन गरिएको हो ।
निर्वाचत पदाधिकारीहरूलाई प्यासनका पूर्व केन्द्रीय सह– कोषध्यक्ष डा. उद्धब पोखरेलले सपथ तथा पदस्थापन गराएका थिए । विराटनगरमा भएको प्याब्सन मोरङ १४ औं अधिवेशनबाट अर्जुन बस्नेतको प्यानलै निर्वाचित भएको थियो । अघिल्लो वर्ष सर्वसम्मत रुपमा नेतृत्व चयन भएको प्याब्सन मोरङमा यस पटक भने अन्तिम समयसम्म सहमति हुन नसक्दा निर्वाचनबाट नयाँ पदाधिकारी चयन भएको हो ।
प्याब्सनको बरिष्ट उपाध्यक्षमा सीतला सुब्बा, उपाध्यक्ष रीना थापा, भक्तराज सुब्बा, सुभाष राई सचिवमा प्रेमलालसिंह सुवाल, कोषाध्यक्षमा जगतबहादुर बस्नेत, सहसचिबमा सि.एम. रिजाल, विष्णु डंगाल, महिला सह–सचिवमा मनकुमारी गुरुङ र सह–कोषाध्यक्षमा देवी सिटौला रहरेका छन् ।
अन्य सदस्यहरूमा अमृतप्रसाद ढकाल, गोविन्द्र बहादुर कार्की, केदार पौडेल, इन्द्र सुब्बा, नगेन्द्र प्रसाद ढकाल, र दिपेन्द्र कर्ण रहरेका थिए । सोही अवसरमा प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठलाई निवर्तमान अध्यक्ष सुनील पौडेलले प्रसिडेन्सियल अवार्ड घोषित गर्दै े प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरी प्रदान गरेका थिए ।
पदस्थापन कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरी ,जिल्ला शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशको अध्यक्ष विक्रम लुईटेल, जिल्ला अध्यक्ष मोरङका बन्दु पोखरेल र निवर्तमान अध्यक्ष सुनील पौडेललगायतले निर्वाचित टिमलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।