पूर्वाञ्चल खबर
सुनसरी / निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगरसमितीले आजदेखि प्याब्सन खेलकुद सप्ताह सुरु गरेको छ ।
खेल सप्ताहको एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्धघाटन गरेका छन् । प्रतियोगिता उद्धघाटन गर्दै मन्त्री घिमिरेले एक नम्बर प्रदेशलाइ खेलकुदका माध्यमबाट चिनाउन प्रदेश सरकार लागी परेको जानकारी दिए । खेलकुद सवैका लागी भएको बताउँदै उनले निजी बिद्यालयहरुले आयोजना गर्ने यसप्रकारको खेलकुदका गतिबिधिले दक्ष खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने बताए ।
नीजी तथा आवाशीय बिद्यालय अर्गनाइजेसन प्याब्सन अन्तर्गत इटहरी उपमहानगरपालिका भित्र रहेका बिद्यालयहरु बिच एसीसी नामबाट बिगत बर्षहरुमा स्पोर्टस मिट हुदै आएको थियो । यसै बर्षदेखि गठन भएको प्याब्सन इटहरी नगरसमितीले शिक्षा र खेलकुदलाई एक साथ जोडेर यो बर्ष पनि बिभिन्न खेलकुदका कार्यक्रमहरु समेटिएको स्पोर्टस मित आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्याब्सन नगर समितीले बिद्यालय तहमा अध्यनरत बिद्यार्थीहरुलाई पढाइका साथै बिभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको नगर समिती अध्यक्ष सुवर्णबहादुर थापाले जानकारी दिए ।
विद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारण पनि बिभिन्न प्रतियोगिता उनीहरुको लागी अति आवश्यक भएकाले यसैलाइ मध्यनजर गर्दै यसबर्ष पनि खेल महोत्सवलाइ निरन्तरता दिएको थापाले बताए ।
खेल महोत्सवमा फूटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरु समावेश गरिएको छ । एक सातासम्म चल्ले खेल महोत्सवमा इटहरी नगरक्षेत्रभरीका झण्डै एक सय नीजि विद्यालयका विद्यार्थी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी हुने प्रतियोगिता प्रतियोगिता मूल आयोजक उपसमितीका संयोजक पुण्यप्रसाद सापकोटाले जानकारी दिए । यस्तै प्रत्येक खेलकुदका लागी विभिन्न उपमितीहरु गठन गरिएको छ । जसअनुसार फूटबलको संयोजकमा हेमन्तशर्मा भट्टराई, क्रिकेटमा दिपक काफ्ले, भलिबलमा तेजबहादुर निरौला, टेबलटेनिसमा खेमराज ढुंगेल, ब्याडमिन्टनमा रामकुमार गिरी, छेलो र ज्याभलिङथ्रोमा शिव तिमल्सिना, हाईजम्प र लंगजम्पमा नारायण सुवेदी र दौडमा सौधन राईलाई संयोजक तोकिएको छ । केही प्रतियोगिता क्षेत्रिय रंगशालामा हुनेछन । यस्तै इटहरी ४ स्थित सलाई फ्याक्टि छेउको मैदानमा समेत केही प्रतियोगिता हुनेछन ।
आज उद्धघाटन भएको महोत्सवमा खेलहरु भने भोली सोमबार देखि मात्र सुरु हुने प्रचारप्रसार उपसमितीका संयोजक राजेश श्रेष्ठले जानकारी दिए । उद्धघाटन समारोहमा गीत संगितको क्षेत्रमा योगदान गरेको भन्दै गायक सुरेश गन्धर्व र संगीत साधना पूतिष्ठान इटहरीका महासचिव राजु केसीलाइ सम्मान समेत गरियो ।
पुस ८ गते सम्म चल्ने प्रतियोगितात्मक खेल महोत्सवमा इटहरीका एक सय नीजि तथा आवासीय विद्यालयहरुको सहभागिता रहने छ । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडी एवम विद्यालयलाई आकर्षक पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।