पूर्वाञ्चल खबर
विराटनगर / नेपाल इन्जिनियर्स एसोसिएशन प्रदेश नं. १ कार्यसमितिमा लोकतान्त्रिक समुहले बर्चश्ब कायम गर्न सफल भएको छ ।
प्रगतिशिल समुहका तर्फबाट सह सचिवमा एकजना मात्र विजयी भएका छन् । कार्यसमितिको विर्तामोड, इटहरी र विराटनगरमा आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा यशवन्तविक्रम साहले ३ सय ३९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी ढकेन्द्र बमले २ सय ५६ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा लोचनराज न्यौपाने, सचिवमा विकास भटराई, प्रगतिशिल समुहका तर्फबाट सह सचिवमा हसरत अलि नेपाल र कोषाध्यक्षमा जयनाथ यादव निर्वाचित भएका छन्
त्यसैगरी अरुण यादव, ज्ञानेन्द्र सिंह, नितिन भगत, उमेश्वर मेहता, सुमन थापा, बासु ढकाल, रमेश माझी, प्रेमसागर बजगाई, विष्णु दाहाल ,देवलाल यादब सदस्यमा निर्वाचित भएका छन् ।