AArya
RUMPUM
animated ellipse animated ellipse

क्षमता अभिवृद्धी गर्ने तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७५, शनिबार १९:४१
3
Shares

विराटनगर / लायन्स क्बल अफ विराटनगर एकाडेमिक, यूनाइटेड र लियो क्लब अफ युनाइटेडको संयुक्त आयोजनामा दुई दिने क्षमता अभिवृद्धी सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।

विराटनगरमा भएको उक्त तालिममा महानगरपालिका क्षेत्रमा रहेको नगर बाल क्बल संजालमा २९ जना पदाधिकारी तथा सदस्यहरूको उपस्थीती रहेको थियो । बाल क्लबमा आवद्ध भएका बालवाकिाहरू क्षमता अभिवृद्धी गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको एकाडेमीको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । तालिमको सहकार्य विराटनगर महानगरपालिकाले गरेको थियो ।

तालिमको सहजिकरण चिफ टेनिङ्ग पुल तथा लायन्स क्लब अफ विराटनगरको पूर्व अध्यक्ष विकास अधिकारी, सोनु दास, अनुपमा बास्तोला, रवि किरण, अभिषेक भट्टराई र अर्जुन श्रेष्ठले दिए । पूर्व डिस्ट्रिक गर्भनर एवान ३२५ का लायन लिलाकुमार ढुङ्गगेलको प्रमुख अतिथिमा भएको कार्यक्रममा विराटनगर महानगरपालिको बालवालिका तथा महिला सशक्तिकरण शाखाको प्रमुख डिल्ली धिमाल, लायन रोशन खड्का, लायन मोहन सुबेधी, लायन नविन अधिकारीको उपस्थीति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर